एमालेका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेकै बेला लुम्बिनी प्रदेशसभा सचिवालयले मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरिएको छ ।
मुख्यमन्त्री कुल प्रसाद केसीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका छन् । प्रदेश सभा सचिवालयले जारी गरेको कार्यसूचीमा संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम मुख्यमन्त्रीले वक्तव्य सहित आफूमाथि प्रदेशसभामा विश्वासको मत रहेको छ ।
प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल गरी सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरिएको छ । मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि साउन ३२ गते नै प्रदेशसभा सचिवालयमा सूचना दिएको उल्लेख छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।