बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आँखाको ख्याल गर्मीमा कसरी गर्ने ?

आँखाको ख्याल गर्मीमा कसरी गर्ने ?

मेगा खबर संवाददाता

६, भाद्र २०७८
  • 2.6K
    SHARES

  • आँखाको ख्याल गर्मीमा कसरी गर्ने ?

    गर्मी यामका स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन्छन् । तापमान बढेसँगै वायुमण्डलमा प्रदूषण पनि बढेको छ । तापमान वृद्धि र जलवायु परिवर्तनका कारण गर्मी मौसममा आँखामा विभिन्न किसिमका समस्या देखिने गर्छ ।

    काठमाडौँ उपत्यकासहित मुख्य मुख्य सहरहरू अव्यवस्थित हुँदा फोहोर मैला बढ्दा आँखामा प्रत्यक्ष रूपमा सङ्क्रमण बढ्ने आँखा रोग विशेषज्ञ बताउँछन् । आँखामा सङ्क्रमण हुँदा समयमै ख्याल गरिएन भने आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मी मौसममा आँखा चिलाउने, पाक्ने, पोल्ने, रातो हुने, सुख्खा हुने, बिझाउने आदि समस्या देखिन सक्ने आँखा रोग विशेषज्ञ डा। कमल खड्का बताउँछन् ।

    कोरोना महामारी बढेसँगै कम्प्युटर, ल्यापटप, मोबाइल आदिको प्रयोग गर्ने सङ्ख्या बढेकाले स्क्रिनमा हेर्दा ख्याल गर्नुपर्ने हुन्छ । आँखा शरीरको सबैभन्दा संवेदनशील अङ्गको रूपमा चिनिन्छ । आँखामा देखिएका समस्यालाई सामान्य समस्या भनेर हेलचक्र्याइँ गर्दा आँखाको ज्योति गुम्ने खतरा हुने आँखा रोग विशेषज्ञ डा। खड्का बताउँछन् ।

    आँखाको उचित हेरचाह अत्यन्त जरुरी भएको उनको भनाइ छ । गर्मी याममा बढी हावा चल्ने, धुँवाधूलो बढी हुने गर्छ । 

    गर्मी याममा आँखामा यस्ता समस्या देखिन सक्छन् । 

    —आँखा पाक्ने ।

    —आँखा सुख्खा हुने ।

    —आँखा चिलाउने ।

    —आँखा पोल्ने ।

    —आँखा रातो हुने ।

    —आँखा बिझाउने ।

    —आँखाबाट आँसु आइरहने ।

    धुँलोधूवाले गर्दा आँखा धमिलो हुने आदि समस्याहरू देखिन सक्छ । गर्मी याममा आँखाको हेरचाह गर्न विशेषज्ञ डा।खड्का यस्ता सुझाव दिन्छन् ।

    — हावामा कार्वनमोनोअक्साइड र सल्फरडाइअक्साइड तत्त्व घुमिरहन्छन् । त्यसैले चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

    —आँखालाई सधैँ सफा राख्ने, कम्तीमा दिनमा दुई तीन पटकसम्म चिसो पानीले आँखा पखाल्ने । 

    —आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमालहरू प्रयोग नगर्ने

    —साबुन पानीले राम्ररी हात धोएर मात्रै आँखा छुने ।

    —आँखामा जथाभाबी औषधि प्रयोग गर्न हुँदैन ।

    —आँखामा आएको कचेरालाई हातले नछुने, आँखामा हात छोइहाल्न परेमा साबुन पानी हात सफा गरेर मात्रै छुनुपर्छ ।

    —आँखा सुक्खा भएको खण्डमा विशेषज्ञको सिफारिसमा औषधिको प्रयोग गर्नुपर्छ ।

    – आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने

    —सौन्दर्यका लागि आँखामा प्रयोग गरिने गाजल, आइलाइनर, मस्करा सकेसम्म अरूलाई प्रयोग गर्न नदिने ।

    —राति सुत्नुअघि गाजल, आइलाइनर, मस्करा राम्रोसँग सफा  गर्ने  ।

    —आफ्नो आँखा सफा गर्न प्रयोग गरेको रुमाल अरूलाई प्रयोग गर्न नदिने ।

    – आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट जोखिनु पर्छ ।

    —सकेसम्म आईड्रप्सको प्रयोग कमभन्दा कम प्रयोग गर्ने । आईड्रप्सको हानिकारक रसायनले आँखामा झन् ठुलो समस्या पैदा गर्न सक्छ ।

    —बालबालिका पानी खेल्न मन पराउँछन् । त्यसैले फोहोर पानीबाट टाढा राख्ने । बाहिरबाट आउँदा सबै जनाले हात धुने बानी बसाल्ने ।

    —प्रत्येक दिन ताजा खाना खाने, खानामा अनिवार्य रूपमा सागसब्जी, गेडागुडीको समावेश गर्ने ।

    —बालबालिकाको खानामा प्रोटिन, भिटामिन ‘ए’ समावेश गर्ने ।

    —धेरै धुवाँ धुलो र घाममा धेरै समय नबस्ने ।

    —कम्प्युटर ल्यापटपमा काम गर्दा लगातार नहेरी बीचबीचमा विश्राम लिने ।

    —मोबाइल, कम्प्युटर, टेलिभिजन हेर्दा अलि टाढै बसेर हेर्ने बानी बसाल्ने ।

    आँखालाई पनि आरामको जरुरत पर्छ

    लामो समयसम्म स्क्रिनमा हेरेर काम गर्ने, अध्ययनहरूको आँखा सुख्खा हुने पाइएको आँखा रोग विशेषज्ञहरू बताउँछन् । यस याममा धेरै हावा चल्ने र कम्प्युटरमा एकोहोरो हेर्दा आँखा सुख्खा हुन सक्छ । त्यसैले लामो समयसम्म मोबाइल, कम्प्युटर चलाउँदा बेलाबेलामाम आँखालाई आराम दिन आवश्यक छ ।

    आँखामा कुनै समस्या देखिदा आफ्नो इच्छाअनुसार औषधिको प्रयोग गर्न हुँदैनन् । आँखा रोग विशेषज्ञको सल्लाहमा मात्रै औषधिको प्रयोग गर्नुपर्छ । पछिल्लो समय धेरै समयसम्म आँखाको सुख्खा हुने समस्या देखिएको छ । 

    आइतवार, भाद्र ६ २०७८१०:४५:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार