कक्षा १० का विद्यार्थीको परीक्षाका लागि छापिएको करोडौं रुपैयाँको प्रश्नपत्र प्रयोगविहीन (अलपत्र) परेको छ ।
उक्त प्रश्नपत्र छपाइपछि प्याकिङ सहितको २ करोड २० लाख रुपैयाँ सामग्री केन्द्रलाई भुक्तानी भइसकेको छ । प्रश्नपत्र छापेर प्याकिङ सहितको रकम भुक्तानी भइसकेपछि तत्कालिन ओली सरकारले कोरोना महामारीलाई देखाउँदै कक्षा १० को परीक्षा रद्द गरेका थिए ।
कक्षा १० को नियमित पुरक तर्फको परीक्षाका लागि छापिएको २ करोड २० लाख ५७ हजारको प्रश्नपत्र अलपत्र परेका छन् ।
जनक शिक्षा सामग्री केन्द्रले प्रतिगोटा ३ रुपैयाँ ८५ पैसामा ५० लाख ७० हजार वटा प्रश्नपत्र छापेको थियो ।
मन्त्रिपरिषद्ले ओली नेतृत्वको परीक्षा रद्द गर्दै विद्यालयको मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि करोडौं रुपैयाँको प्रश्नपत्र अलपत्र परेको छ ।
महालेखा परीक्षकको कार्यालयले निकालेको ५८ औं प्रतिवेदनका अनुसार राष्ट्रिय परिक्षा बोर्डले ती प्रश्नपत्र अहिले सम्ममा समेत धुल्याएको भने छैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।