काठमाडाै, बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी एकतालाई कायम राख्न सबैको समर्थनमा आफू मुख्यमन्त्री बनेको बताएकी छन् ।
हिजो बुधबार राति बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईंको कार्यालयमा मुख्यमन्त्री नियुक्त भई सपथ ग्रहणपछि पत्रकारसंगको कुराकानीमा उनले केन्द्रीय नेतृत्वलाई एकताको सन्देश दिने उद्देश्यका साथ प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्ताव र एमालेका सबै सांसदहरुको समर्थनमा आफू मुख्यमन्त्री भएको बताएकी छन् ।
एमाले उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री हुन् । ‘पार्टी एकतालाई जोगाउनका लागि विगतदेखि नै बागमती प्रदेशबाट सन्देश दिने पहल भएको तर केन्द्रीय समीकरण बदलिएका कारण सम्भव हुन सकेको थिएन’उनले भनिन् ।
उनले आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकास मन्त्रीमा कृष्णप्रसाद खनाललाई नियुक्त गरेकी हुन् । दुवै मन्त्रीहरुले हिजो नै प्रदेश प्रमुख प्रसाईबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार ग्रहण गरिसकेका छन् ।
केन्द्रीय नेतृत्वको सल्लाहअनुसार नै यी सबै कामहरु भएका हुन् । सबैको साथ छ । मलाई कसैबाट पनि असहयोग हुँदैन’, उनले थपिन् । बागमती प्रदेशमा एमालेको एकल बहुमतको सरकार कायम रहन पर्ने भन्दै सबै सदस्यहरु एकताको पक्षमा उभिएकाले सबैको समर्थन प्राप्त भएको उनको भनाई छ ।
उनले मुख्यमन्त्रीको शपथ लिए लगत्तै २ जना मन्त्रीहरु पनि नियुक्त गरेकी छिन् भने आगामी एक महिना भित्रमा मन्त्रिपरिषद्ले पूर्णता दिने बताएकी छिन् ।
निवर्तमान मुख्यमन्त्री तथा मन्त्री, पूर्व मन्त्रीहरु र सबै सांसदहरुको सहयोग र समन्वयका आधारमा बागमती प्रदेश संचालन हुने उनले बताइन् । सरकार संचालनमा आफूलाई विपक्षी दलहरुले पनि पूर्ण रुपमा साथ दिने भन्दै सरकार संचालनमा कुनै बाधा व्यवधानहरू नआउने र बागमती प्रदेशमा नेकपा एमालेको एकल बहुमतको सरकारले ५ वर्षे कार्यकाल पूरा गर्नेमा आपूम् विश्वस्त रहेको बताइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।