साउन १७, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । शनिबार रातीबाट लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेलमा दुई–दुई रुपैयाँका दरले मूल्य बढाइएको हो ।
मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु. ९० तथा पेट्रोलको मूल्य प्रतिलिटर रु. १०४ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य यथावत छ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक भारतीय आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।