साउन १७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाभित्र रहेका विद्यालयहरू भदौ १ गतेबाट सञ्चालनमा आउने भएका छन् । स्थिति समान्य भएमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदै सामाजिक दुरि कायम गरि भदौ १ गतेबाट विद्यालय सञ्चालनमा ल्याउने उनले बताए ।
उनले विद्यार्थीलाई विद्यालयमा लाने र ल्याउने जिम्मा अभिभावकले लिनुपर्ने बताए । लामो समयको बन्दाबन्दीले विद्यार्थीहरू मोबाइलमा मात्रै झुन्डिने समस्या आएकोे पनि उनले बताए ।
नगर प्रमुख सन्तोष चालिसेको अध्यक्षतामा शुक्रबार बसेको प्याब्सन, एन प्याब्सन, इशानलगायत संस्थाकोे संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा नगर प्रमुख चालिसेले विद्यार्थी भर्ना कार्यक्रम अगाडि बढाउने र अवस्था सामान्य भएमा भदौ १ गतेबाट विद्यालय सञ्चालन गर्ने बताए ।
सो बैठकले विद्यालय भर्ना गराउनुपर्ने, विद्यार्थीहरूलाई सामान्य रुघाखोकी वा सामान्य ज्वरोको लक्षण देखिएमा सो अवधिभर विद्यालय नपठाउने, विद्यार्थी प्रवेश गर्ने गेटमा थर्मल गन र स्यानीटाइजर राख्ने, कक्षाकोठामा एक बेन्च एक विद्यार्थी मात्र रहनेगरी सामाजिक दूरी कायम गर्ने, विद्यालयमा भिडभाड नगराउने निर्णय गरेको छ । त्यस्तैगरी, सानो–सानो समूह वा झुण्ड वा विषयगत समूह निर्माण गरी वैकल्पिक शिक्षण विधि सञ्चालन गर्ने, शिक्षकको हकमा शिक्षकले भौतिक दूरी एवं स्वास्थ्य सुरक्षा विचार गरी वैकल्पिक शिक्षण कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक विद्यार्थीहरूले आफूलाई चाहिने मास्क र फेस सिल लगाउनेलगायत निर्णय भएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।