बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

के तपाई राति ढिलो खाना खानुहुन्छ ? खादाँ यस्तो छ खतरा

के तपाई राति ढिलो खाना खानुहुन्छ ? खादाँ यस्तो छ खतरा

मेगा खबर संवाददाता

३०, श्रावण २०७८
  • 1.9K
    SHARES

  • के तपाई राति ढिलो खाना खानुहुन्छ ? खादाँ यस्तो छ खतरा

    गलत सयममा खाना खाँदा शरीरलाई फाइदा होइन नोक्सान पुग्छ । राति ढिलो खाना खानेलाई विभिन्न समस्या आउने चिकित्सकहरुले बताएका छन् ।

    स्वस्थ रहनका लागि सही समयमा खाना खानु अत्यन्त जरुरी छ । एक अध्ययनका अनुसार रातिको खानामा सुत्नुभन्दा ३ घण्टा पहिले खाने गर्नुपर्छ । र, अन्य स्न्याक्सहरु ९० मिनेट पहिले नै खाने गर्नुपर्छ । 

    रातिमा ढिलो खाना खाँदा के के खतरा आउँछ? 

    १ मोटोपना
    राति ढिलो खाना खानुको अर्थ मोटोपनालाई निमन्त्रणा दिनु हो । नर्थ वेस्टर्न युनिभर्सिटीको अनुसार सुत्ने समयमा खाना खाँदा मोटोपनको खतरा बढ्छ । शरीरलाई लामो समयसम्म अतिरिक्त क्यालोरी जम्मा हुन्छ जुन फ्याटको रुपमा परिवर्तन हुन्छ ।

    २ उच्च रक्तचाप, मधुमेह, हृदयरोग 
    युनिभर्सिटी अफ पेन्सिलभेनियामा भएको एक अध्ययनले राति ढिलो खाना खाँदा उच्च रक्तचाप, मधुमेह र हृदयसम्बन्धी रोगहरु लाग्ने खतरा बढ्छ । राति ढिलो खाना खाँदा ग्लुकोजको मात्रा बढ्छ । यसले रगतमा बासोको मात्रा बढ्छ । जसले मुटुसम्बन्धी समस्या हुन्छ । 

    ३ स्मरणशक्तिमा असर 
    युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलिसका वैज्ञानिकका अनुसार मुसामा गरिएको प्रयोगमा मुसालाई सुत्ने समयमा भोजन गराइएको थियो । राति ढिलो खाना खाँदा मुसाको स्मरणशक्तिमा प्रभाव पार्छ । र सिक्ने क्षमता प्रभावित भयो । मुसामा स्मरण बनाउने अणु प्रभावित भएको थियो ।

    ४ खाना खाने बानी बिग्रन्छ 
    राति ढिलो खाना खाने गर्दा खाना खाने बानीमा असर पर्छ । यद्यपि, यस्तो थकानका कारण हुन्छ । थकानका कारण व्यक्तिको छिट्टै पेट भरिन्छ । 

    ५ पाचन प्रक्रियामा असर 
    राति ढिलो खाना खाँदा शारीरिक गतिविधि कम हुन्छ । जसले गर्दा मेटाबोलिज्ममा असर पुग्छ । शरीरमा भोजन पचाउने क्षमतामा पनि असर पर्छ । यसले शरीरमा सही पोषक तत्व पनि प्राप्त हुँदैन ।  बिरामी हुने सम्भावना पनि धेरै बढ्छ । 

    शनिवार, श्रावण ३० २०७८०९:३८:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार