काठमाडाै, परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्व विद्यालय कीर्तिपुर अगाडि प्रदर्शन भएको छ ।
आज सोमबार विश्व विद्यालय अगाडि भेला भएका विद्यार्थीहरुले भौतिक रुपमा लिइने परीक्षा स्थगित गरेर अनलाइन माध्यमबाट परीक्षा लिन माग समेत गरेका थिए ।
उनीहरुले कक्षा १२ को परीक्षा स्थगित भएपनि त्रिविले भने परीक्षा जारी राखेको भन्दै आपत्ति जनाएका थिए । विद्यार्थी प्रनिशा बानियाँले अहिले जारी रहेको परीक्षा कुनै स्वास्थ्य मापदण्ड पालना बिनै सञ्चालन गरिएको भन्दै तत्काल भौतिक रुपमा लिइने परीक्षा स्थगित भरेर वैकल्पिक माध्यम अपनाउन माग गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।