बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

१२ को परीक्षा एक्कासी स्थगन गरेकामा गम्भीर ध्यानाकर्षण

१२ को परीक्षा एक्कासी स्थगन गरेकामा गम्भीर ध्यानाकर्षण

मेगा खबर संवाददाता

२४, श्रावण २०७८
  • 1.2K
    SHARES

  • १२ को परीक्षा एक्कासी स्थगन गरेकामा गम्भीर ध्यानाकर्षण


    काठमाडाै, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अर्काे कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग गरेको छ ।

    सो महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा १२ को परीक्षा एक्कासी स्थगनको सूचना सार्वजनिक गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भरपर्दाे विकल्प, नयाँ तालिका र विधि नदिएकामा चिन्ता व्यक्त गरिएको छ ।

    बोर्डले शैक्षिक सरोकारवालाको छलफलपछि परीक्षा केन्द्र÷कोठामा स्वास्थ्य सुरक्षा अपनाउने गरी हेल्थ डेस्क राख्ने, पिसीआर परीक्षण, मास्क र स्यानिटाइजरको व्यवस्था र परीक्षा हलमा २५ जना नबढाइ सो परीक्षा सञ्चालन गर्ने निर्देशिकासहित कार्यतालिका सार्वजनिक भएकामा एकाएक स्थगन गरिएको महासङ्घको भनाइ छ ।

    बोर्डले कोरोनाको जोखिम बढेको तथा नेपाल सरकारको आग्रहका आधारमा परीक्षा स्थगन गरेको थियो । महासङ्घले परीक्षा स्थगन हुँदा विद्यार्थीको सिकाइमा दीर्घकालीन मनोवैज्ञानिक असर पर्न गएको, परीक्षाको गुणस्तर घटेको र विद्यार्थीमा निराशा पैदा हुने भएकाले अन्योल हटाउने गरी चाँडै नयाँ तालिका र विधि ल्याउन माग गरेको छ ।

    आइतवार, श्रावण २४ २०७८०९:२५:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार