बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तौल घटाउन बिहानै उठेर पिउनुस् यि चिज

तौल घटाउन बिहानै उठेर पिउनुस् यि चिज

मेगा खबर संवाददाता

२४, श्रावण २०७८
  • 15.7K
    SHARES

  • तौल घटाउन बिहानै उठेर पिउनुस् यि चिज

    एजेन्सी, बिहानै उठेर धेरैजसो मानिसहरु दुध हालेको चिया पिउने गर्छन् । दुध चिया स्वादिष्ट त हुन्छ, त्यति नै नोक्सानदायक पनि हुन्छ ।

     तौल घटाउने योजनामा हुनुहुन्छ भने बिहान उठेर खाने खानालाई परिवर्तन गर्नुपर्ने हुन्छ । दुधको सट्टामा तेजपातको चिया पिउन आवश्यक छ । यसले तौल घटाउन आवश्यक छ । खाना, तरकारी आदिमा प्रयोग गरिने तेजपातको चियाले तौल घटाउन मद्दत गर्छ ।

    विशेषज्ञका अनुसार तेजपातमा भरपुर मात्रामा पोषक तत्व पाइन्छ । यसमा एन्टी अक्सिडेन्ट, क्याल्शियम, सेलेनियम, आइरन, कपर र पोटाशियम पाइन्छ । यदि तपाईं हरेक दिन बिहान यसको चिया पिउँदा स्वास्थ्यमा धेरै फाइदा पाइन्छ । 

    तेजपातको चिया बनाउनका लागि ३ वटा तेजपात लिने, यसमा एक चुट्की दालचिनी पाउडर, २ कप पानी, कागती र मह लिने । तेजपातलाई राम्रोसँग पखाल्ने र उमालेको पानीमा राख्ने । र यसमा दालचिनीको पाउडर मिसाउने । यसलाई १० मिनेटसम्म पकाउने र छानेर चिया पिउने गर्नुपर्छ । स्वादिष्ट बनाउनका लागि मह र निम्बु मिसाउन सकिन्छ । 

    तेजपातको चियामा मेटाबोलिज्म बढाउने पदार्थ पाइन्छ । यसले शरीरमा अनावश्यक बोसोलाई पगाल्न मद्दत गर्छ । यसमा प्रोटिन र फाइबर पाइन्छ । दालचिनीले शरीरमा डिटोक्स गर्ने काम गर्छ । यसका साथै, यो चिया पिउने गर्दा चिन्ताको मात्रा कम हुन्छ । 

    आइतवार, श्रावण २४ २०७८१०:०६:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार