सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गते सम्म सार्वजनिक गर्ने भएको छ ।
विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक गर्ने अन्तिम गृहकार्यमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको हो ।
बोर्ड (एसईई) हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले परीक्षा प्रकाशनको अन्तिम चरणमा आफूहरू पुगेको र कार्यालयको सर्भर तथा प्राविधिक क्षेत्रमा समस्या भएन भने २५ गते सम्म नतिजा सार्वजनिक गरि सक्ने जानकारी दिए ।
नतिजा प्रकाशनका क्रममा विद्यार्थीको प्राप्ताङ्कमा त्रुटि नहोस् भनेर नै रुजुको काम भइरहे को उनले स्पष्ट गरे । हाल विद्यार्थीको प्राप्ताङ्क नम्बरलाई जीपीएमा परिवर्तन गर्ने काम भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।