एजेन्सी, लामो समयसम्म एउटै स्थानमा बसेर काम गर्दा मोटोपन बढ्ने आम धारणा छ ।
वैज्ञानिकहरुले एउटै कुर्सीमा वा एउटै स्थानमा बसेर काम गर्दा शारीरिक समस्या त आउँछ नै मानसिक समस्या पनि आउने बताएका छन् । भाइरसको संक्रमणका कारण पछिल्लो समय धेरै मानिसहरु एउटै ठाउँमा बस्ने, एकै ठाउँमा बसेर काम गर्ने, एउटै कुर्सी वा विस्तारामा बसेर काम गर्ने गरेका छन् ।
जसले धेरै मानिसमा शारीरिक समस्या आउन थालेको छ । इंग्ल्याण्डको हडर्सफिल्ड युनिभर्सिटीले गरेको अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताले लकडाउनको समयमा घरबाट एउटै स्थानमा ८ घण्टाभन्दा बढी बसेर काम गर्दा मानसिक समस्या पनि आउँछ ।
हप्ताभरी १५० मिनेट व्यायाम गर्ने मानिसहरुको दिमागमा पनि नराम्रो असर पर्ने अनुसन्धानमा खुलेको छ । वैज्ञानिकले लामो समयसम्म एकै स्थानमा बसेर काम गर्दा धेरै व्यायाम गर्नुपर्ने बताएका छन् । अनुसन्धानकर्ता डा। लियान जेवेडोले भनेका छन्, ‘हामीले एउटै स्थानमा लामो समयसम्म काम गर्ने ३०० जनामाथि अध्ययन गरेका थियौँ ।
जसमा ५० प्रतिशत मानिसहरु ८ घण्टाभन्दा बढी काम गर्ने गर्थे । एक जना व्यक्तिले कम्तिमा ३० मिनेट भन्दा बढी व्यायाम गर्न आवश्यक छ । वर्कआउटका लागि १ घण्टा लामो एक्सरसाइज गर्नुपर्छ ।
डा। लियानले एउटै स्थानमा बसेर लामो समय काम गर्दा स्वास्थ्यमा नकारात्मक असर पार्ने बताएका छन् । उनले लामो समयसम्म एउटै ठाउँमा वा एउटै कुर्सीमा बसेर काम गर्नुभन्दा छिनछिनमा उठ्ने र स्थान बदल्ने गर्नुपर्नेहुन्छ ।
मानसिक स्वास्थ्यलाई सुधार गर्न गार्डनिङ जस्ता क्रियाकलाप गर्नुपर्छ । यसले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।