बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिमा अध्ययनको लागि आवेदन खुला (सूचनासहित)

बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिमा अध्ययनको लागि आवेदन खुला (सूचनासहित)

मेगा खबर संवाददाता

२१, श्रावण २०७८
  • 26.9K
    SHARES

  • बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिमा अध्ययनको लागि आवेदन खुला (सूचनासहित)

    काठमाडाै,  बूढानीलकण्ठ स्कुलमा गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्तिमा अध्ययनको अवसर दिनेगरी आवेदन खुला गरेको छ ।

    बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्तरगत शिक्षा मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार कक्षा ५ देखि अध्ययनको लागि २०६७ वा ०६८ सालमा जन्म भइ कम्तीमा २ वर्ष अघिदेखि स्थानीय सामुदायिक विद्यालयमा नियमित रुपमा अध्ययन गरी शैक्षिक सत्र २०७७ मा कक्षा ४ अध्ययन पुरा गरेका छात्र–छात्राले आवेदन दिन भने सक्नेछन् । 

    आवेदनपछि छनौटमा परेकाले निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनको अवसर त्यस्ता छात्रछात्राले पाउनेछन् । 
    इच्छुक उम्मेदवारले स्कुल वा शिक्षा विभागको वेबसाइटबाट फाराम डाउनलोड गरी आफूलाई पायक पर्ने परीक्षा केन्द्रमा परीक्षा सुरु हुनु अगावै बुझाउनुपर्नेछ ।

    परीक्षा मिति साउन ३० गते शनिबार ११ बजेका लागि तोकिएको विद्यालयका प्राचार्य होमनाथ आचार्यले बताए । परीक्षा केन्द्र इलाम, विराटनगर, हिले (धनकुटा), गाईघाट (उदयपुर), राजविराज, जनकपुर, लालबन्दी, कलैया, खुर्कोट, दोलालघाट, हेटौंडा, गोरखा, बेसीसहर, पोखरा, बेनी, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, चौरजहारी, जुम्ला, अत्तरिया र डडेलधुरामा चयन गरिएको छ । काठमाडौंको हकमा बूढानीलकण्ठ स्कुलमै परीक्षा केन्द्र तय गरेको छ ।  

    कार्यक्रम अनुसार जिल्ला नदोहोरिने गरी ७७ जना छनौट हुने सूचनामा उल्लेख गरिएको छ । 

    No description available.

    No description available.

    No description available.

    No description available.

    बिहिवार, श्रावण २१ २०७८०३:५३:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार