एक मिनेटको समय निकै कम हुन्छ । ६० सेकेन्डको यही समय भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि निकै महत्त्व राख्दछन् ।
अम्बानी र उनको कम्पनीले प्रत्येक मिनेट १।१ करोड भारतीय रुपैयाँ कमाउँछ । अम्बानी परिवारसँग ८१।३ अर्ब डलरको सम्पत्ति रहेको छ । यो विश्वको पाँचौँ सबैभन्दा धनी परिवार हो । ई–कमर्स कम्पनी वालमार्टका सह–संस्थापक वाल्टनको परिवारसँग २१५ अर्ब डलरको सम्पत्ति रहेको छ ।
उनीहरू यो सूचीमा पहिलो स्थानमा रहेका छन् । यो जानकारी इन्भेस्टोपिडियाले सन् २०२१ को जनवरीमा प्रकाशित गरेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार मुकेश अम्बानीले सन् २००८–०९ देखि हरेक वर्ष १५ करोड भारतीय रुपैयाँ बराबरको तलब लिन्थे ।
सन् २०२०–२१ देखि भने उनले तलब नलिने घोषण गरेका थिए । उनले डिभिडेन्डको रूपमा प्रति शेयर ७ रुपैयाँ पाउँछन् । यसबाट उनको आय १ हजार ९८८ करोड भारतीय रुपैयाँ रह्यो ।
जुनको त्रैमासिकमा मात्र रिलायन्सले १८ हजार ८०६ करोड भारतीय रुपैयाँको नाफा गरेको थियो । रिलायन्सले प्रतिघण्टा ६५ करोड भारु आम्दानी गर्दछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।