९ साउन, काठमाडौं । कोभिड १९ को माहामारीले भएको लकडाउनको कारण २०७७ असार मसान्तसम्म सम्म बुझाउन पर्ने ऋण्को भाखा समयमा बुझाउन नसकेको हुँदा सहकारी विभागले कर्जाको किस्ता तिर्ने समय ६ महिनासम्म सार्न सहकारीहरुलाई निर्देशन दिएको छ ।
विभागले शुक्रबार सहकारी संस्थाहरुलाई १० बुँदे मार्गदर्शन पठाउँदै ऋणीको आवश्यकता र व्यवसाय सञ्चालन हुन लाग्ने समय र जोखिमको मुल्याङ्कन गरी सञ्चालक समितिको निर्णयानुसार बढीमा ६ महिनासम्म भाखा सार्न आग्रह गरेको हो ।
कोभिड–१९ का कारण संस्थामा जोखिम बढेको भन्दै विभागले २ सदस्यीय जोखिम व्यवस्थापन कार्यदल गठन गरेर काम गर्न समेत सहकारीहरुलाई निर्देशन दिएको छ ।
सहकारीलाई कोभिड १९ को महामारीबाट प्रभावित आर्थिक क्षेत्रलाई पुनर्उत्थान गर्न उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका क्षेत्रमा सहुलियतपूर्ण कर्जा पुनर्कर्जा दिन पनि विभागले निर्देशन दिएको छ ।
त्यस्तै संस्थागत खर्चमा मितव्ययिता अपनाउन र मितव्ययिताका लागि सदस्यलाई समेत अभिप्रेरित गर्न पनि सहकारीहरुलाई भनेको छ । त्यस्तै उद्यमशीलता अभिवृद्धि हुने गरी काम गर्न पनि सहकारीहरुलाई निर्देशन दिएको छ ।
विभागले नियामक निकायलाई प्रतिवेदन तथा पत्राचार गर्नुपर्दा विद्युतीय रुपमा प्रतिवेदन पेश तथा पत्राचार गर्न समेत निर्देशन दिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।