बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्रिय परिक्षा बोर्डले फेर्यो परीक्षाको मापदण्ड

राष्ट्रिय परिक्षा बोर्डले फेर्यो परीक्षाको मापदण्ड

मेगा खबर संवाददाता

९, श्रावण २०७७
  • 1.7K
    SHARES

  • राष्ट्रिय परिक्षा बोर्डले फेर्यो परीक्षाको मापदण्ड

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा ७० प्रतिशतभन्दा कम हाजिर भएका विद्यार्थीलाई विद्यालयले लिने अन्तिम परीक्षामा सहभागी हुन नदिने निणर्य निकालेको छ ।

    बोर्डले स्वीकृत गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मुल्यांकन तथा नतिजा प्रकाशन एवं प्रमाणीकरण कार्यविधिले यस्तो बन्देज लगाएको हो ।

    सरकारले यो वर्षदेखि कक्षा ११ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनको अधिकार सम्बन्धित विद्यालयलाई नै दिएको छ ।

    परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न सहज होस् भनी राष्ट्रिय परीक्षा बोर्डले यो कार्यविधि तयार पारेको हो । कार्यविधिले परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन तथा नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्दा अपनाउनुपर्ने प्रक्रियासमेत व्याख्या गरेको छ ।

    शुक्रवार, श्रावण ९ २०७७१०:५८:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार