७ साउन, काठमाडौं । सरकारले भदौ १ देखि परीक्षा सञ्चालन गर्ने अनुमति दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ ।
असोज १५ गतेभित्र कक्षा १२ को परीक्षा सम्पन्न गर्ने योजना रहेको र त्यही अनुसार मन्त्रालयसँग अनुमति मागेका बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।