बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यौनसम्पर्क नियमित गर्नेहरुको यि रोगबाट मृत्यु हुने सम्भावना न्यून

यौनसम्पर्क नियमित गर्नेहरुको यि रोगबाट मृत्यु हुने सम्भावना न्यून

मेगा खबर संवाददाता

५, श्रावण २०७८
  • 106.5K
    SHARES

  • यौनसम्पर्क नियमित गर्नेहरुको यि रोगबाट मृत्यु हुने सम्भावना न्यून

    बुढ्यौली र दीर्घायु हुनु कसैको बसमा हुँदैन । विज्ञानका अनुसार पढाई, व्यायाम गर्नु र स्वस्थकर खाना खानु नै एक स्वस्थ जीवनका लागि आवश्यक चीज हुन् । 

    पछिल्लो समय अनुसन्धानकर्ताका अनुसार शारीरिक सम्बन्ध पनि अत्यन्त आवश्यक छ । अनुसन्धानकर्ताका अनुसार शारीरिक सम्बन्धले थुप्रै गम्भीर बिरामीहरुको खतराबाट बचाउँछ । शारीरिक सम्बन्धले सन्तुष्टि मात्र दिँदैन यसले दिमागी रुपमा पनि तन्दुरुस्त राख्छ । यसले रोग प्रतिरोधी क्षमता बढाउँछ ।

    उच्च रक्तचापलाई सन्तुलनमा राख्न र मुटुसम्बन्धी थुप्रै समस्याहरुबाट बच्नुका साथै लामो उमेरका लागि पनि शारीरिक सम्बन्ध राख्नु जरुरी छ । न्यू इंग्लयाण्ड रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ताका अनुसार शारीरिक सम्बन्ध र मुटुका रोगहरुसँग सम्बन्धित एक अनुसन्धान गरिएको थियो । जसमा ६५ वर्षभन्दा कम उमेरका १ हजार १ सय २० जना पुरुष र महिलाहरु सहभागी थिए ।

    यस अनुसन्धानका अनुसार २२ वर्षपछि आएको नतिजाका अनुसार हरेक दिन शारीरिक सम्बन्ध राखेमा मुटुसम्बन्धी रोग लाग्दैन । अनुसन्धानका अनुसार ‘सेक्स लाइफ’ सक्रिय हुनेहरुको हृदयघातपछि पनि मृत्यु हुने सम्भावना कम हुन्छ । जसले एक हप्तामा एकभन्दा बढी पटक सेक्स गर्छ त्यस्ता व्यक्तिको हृदयघातबाट मृत्यु हुने सम्भावना २७ प्रतिशत कम हुन्छ ।  सेक्स नगर्नेहरुको मृत्यु हुने सम्भावना ८ प्रतिशत मात्रै कम हुन्छ । 

    यसमा शारीरिक सम्बन्ध राख्दा पार्टनरको लगावमा पनि भर पर्ने अनुसन्धानमा उल्लेख छ । यसैगरी, हप्तामा एक पटक सेक्स गर्नेको उमेर ३७ प्रतिशत लामो हुन्छ । अमेरिकी जर्नल अफ कार्डियोलोजीमा छापिएको एक अध्ययनका अनुसार सेक्सले उमेर लम्ब्याउँछ ।

    उक्त अध्ययनका अनुसार सेक्स कम गर्ने पुरुषमा मुटुको रोग लाग्ने खतराका साथै इरेक्टाइल डिसफंक्शनको समस्या पनि बढाउँछ । साथै, यौन क्रियाकलापमा सक्रिय हुने पुरुषमा शारीरिक सक्रियता बढाउने क्षमता धेरै हुन्छ । 

    मंगलवार, श्रावण ५ २०७८०९:४५:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार