राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको छ ।
कोरोनाको सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिएपछि बोर्डले तयारी भएको छ ।
सीसीएमसीका सूचना अधिकारी माधवप्रसाद ढुङ्गानाले बोर्डले मागेको अनुमति अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न अनुमति दिएको मेगाखबरलाई जानकारी दिए ।
परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा सञ्चालन गर्न अनुमति पाएको बताउँदै मन्त्रिपरिषद्ले निर्णय गरेपछि परीक्षा सञ्चालन गर्ने जानकारि दिए ।
बोर्डले परीक्षा लिनका लागि सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गर्ने काम गरिरहेको छ । सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै अनलाइन विधिबाट परीक्षा लिने चर्चा चले पनि संक्रमण दर कम भएकाले भौतिक उपस्थितिमै परीक्षा लिन लागिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।