बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

साउन ८ देखी बेगनासताल पोखरा यातायातका सबै रुटको सवारी साधन संञ्चालन हुने

साउन ८ देखी बेगनासताल पोखरा यातायातका सबै रुटको सवारी साधन संञ्चालन हुने

मेगा खबर संवाददाता

६, श्रावण २०७७
  • 8.4K
    SHARES

  • साउन ८  देखी बेगनासताल पोखरा यातायातका सबै रुटको सवारी साधन संञ्चालन हुने
    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर ट्रेड युनियनले मंगलबार पत्रकार सम्मेलन गरी सबै रुटका सार्वजनिक सवारी साधन बिहिबार देखी संञ्चालन गर्ने निणर्य गरेका छन ।

    सार्वजनिक यातायात सञ्चालन सञ्जालमा कास्की कै एक बेगनासताल पोखरा यातायात प्रा. लि. ले साउन ८ गतेदेखि यातायात सञ्चालनमा ल्याउने भएको छ । झन्डै १०५ व्यवसायी आवद्ध उक्त कम्पनीले आफ्ना व्यवसायीलाई सर्कुलर जारी गरी तयारी अवस्थामा रहन निर्देशन जारी गरेको हो ।

    सरकारले असार २६ देखि यातायात सञ्चालन गर्न आग्रह गरे पनि व्यवसायीले विभिन्न माग राख्दै सञ्चालन मिति अनिश्चित जस्तै बनाइरहेका थिए । तर साउन २ गते सार्वजनिक मौद्रिक नीतिले कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई सहुलियतमा ऋण, पुनर्कर्जा र कर्जाको समय सार्न सकिने सम्बन्धी व्यवस्था ल्याएपछि व्यवसायी सेवा थाल्न राजी भएका हुन ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले व्यवसायीको आवाज सम्बोधन भएको आभास मिलेको कम्पनीका अध्यक्ष श्रीप्रसाद तिवारीले जानकारी दिए । ‘मौद्रिक नीतिको समर्थन तथा स्वागत गर्दै छिट्टै बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर गरी कार्यान्वयन गर्न निर्देशन दिन सरकारसँग अनुरोध छ, उनले भने, ‘ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै प्रदेशस्तर हुँदै छोटो तथा लामो दुरीमा सेवा सञ्चालन गर्ने तयारी छ ।’ सवारी साधन र स्टाफहरुलाई चुस्त दुरुस्त अवस्थामा राख्न व्यवसायीलाई सर्कुलर गरिएको अध्यक्ष तिवारीले बताए ।

    लकडाउनका कारण सेवा सञ्चालन नभएपनि बैंक तथा वित्तीय संस्थाले कर्जाका लागि ताकेता गरिरहेको भन्दै कम्पनीले यस अघि बिरोध जनाएको थियो । मौद्रिक नीतिले कोरोना प्रभावित क्षेत्रलाई ५ प्रतिशतमा सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । यसलाई समर्थन गर्दै बेगनासताल पोखरा यातायात प्रा.लि. ले यहि साउन ८ गते देखि सवारी संचालन गर्ने कम्पनीका अध्यक्ष श्रीप्रसाद तिवारीले जानकारी दिए ।

    मंगलवार, श्रावण ६ २०७७०८:०१:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार