बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका मुद्दा दायर गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै

श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका मुद्दा दायर गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै

मेगा खबर संवाददाता

२, श्रावण २०७८
  • 2.2K
    SHARES

  • श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका मुद्दा दायर गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै

    हिमाली जिल्ला रसुवामा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका मुद्दा दायर गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएका छन् ।

    न्याय सम्पादन अन्तर्गत जिल्ला अदालतमा दायर भएका मुद्दा आवश्यक प्रक्रिया पुर्याइ छिटोछरितो फैसला हुन थालेपछि अन्यायका विरूद्ध आफ्ना समस्या दर्साइ न्यायालय जानेको सङ्ख्या बढ्न थालेको हो । 

    सम्बन्ध विच्छेदका लागि दायर भएका मुद्दा उपर सुनुवाइका क्रममा सम्झाइ बुझाई पुनः मिलन गराउने र यदि मिल्नै नसक्ने अवस्था आएमा मात्र छोडपत्रको फैसलातर्फ सम्मानित अदालत अगाडि बढ्ने गरेको छ । आर्थिक वर्ष २०७६७७ मा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका मुद्दा ३२ थिए भने गत आव २०७७७८ मा ३० मुद्दा दायर भएका अदालतका शाखा अधिकृत तहसिलदार रामचन्द्र मण्डलले जानकारी दिए ।

    गत आव २०७७७८ मा दायर भएको ४८ र विगत आव २०७६७७ मा प्रक्रियागत रूपले जिम्मेवारी सरेका समेत ७८ मुद्दा मध्ये ४३ फैसला भएका छन् । फैसला गर्न बाँकी रहेका मुद्दाको हकमा प्रमाण बुझी फैसलाको गृहकार्यमा अगाडि बढिरहेको बताइएको छ । वार्षिक लक्ष्यअनुरुप ६५ प्रतिशत मुद्दा फछ्र्योट भइसकेका अधिकृत मण्डलले बताए ।

    दायर भएका मुद्दामा सम्बन्धविच्छेद, सवारी ज्यान, बहुविवाह, जबर्जस्ती करणी, चेक बाउन्स चेक, घरेलु हिंसा, अंश चलन, अपहरण एवं शरीर बन्धक, जग्गा खिचोलाका साथै निषेधाज्ञाजस्ता प्रकरणका मुद्दा दर्ता भएका बताइएको छ ।
    गत आर्थिक वर्षमा अदालतको फैसलाबाट ११ अभियुक्त कारागार चलान भएका छन् । यसरी कारागार चलान हुनेमा ज्यान मार्ने, ज्यान मार्ने उद्योग गर्ने, आँखेटोपहार, अपहरण तथा शरीर बन्धक बनाउन, बहुविवाह गर्ने र जबर्जस्ती करणीजस्ता छन् ।  

    शनिवार, श्रावण २ २०७८०३:२५:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार