बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

विश्वविद्यालयका उपप्राध्यापक बर्खास्त

विश्वविद्यालयका उपप्राध्यापक बर्खास्त

मेगा खबर संवाददाता

२२, आषाढ २०७८
  • 2.5K
    SHARES

  • विश्वविद्यालयका उपप्राध्यापक बर्खास्त

    विद्यार्थीलाई आफूखुसी नम्बर दिएको आरोपमा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेका छन् ।

    विश्वविद्यालयको इञ्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक तथा उपप्राध्यापक यादवलाई बर्खास्त गरिएको उपकुलपति प्रा।डा नन्दबहादुर सिंहले जानकारी दिएका छन् । यादवले आर्थिक प्रलोभनमा परी विद्यार्थीलाई आफुखुसी नम्बर दिएको पाईएको थियो ।

    विद्यालयको शैक्षिक मर्यादाविपरीत क्रियाकलाप गरेको छानबिनबाट पुष्टि भएपछि सेवाबाट बर्खास्त गरिएको सिंहले बताए । 
    यादवले विद्यार्थीको आन्तरिक मूल्याङ्कन तर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर मनलाग्दी रुपमा नम्बर दिएको उजुरी परेको थियो ।

    परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई पनि पास गराएको पाईएको छ । उजुरी परेपछि छानविन समिति बनाइएको थियो । यसै छानबिन समितिले निर्देशक यादव आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्ष सहित दोषी भएको पुष्टि गरेको थियो ।

    परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले उपकुलपति प्रा।डा सिंहलाई केही समयअघि मात्रै निर्देशक यादव दोषी देखिएको प्रतिवेदन पेस गरेको थियो । 

    मंगलवार, आषाढ २२ २०७८११:१२:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार