कान नसुन्ने समस्या (हियरिङ लस)बाट पिरोलिरहनुभएको छ भने मानसिक तनाव उत्पन्न हुनसक्नेमा सचेत रहनुहोला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ ।
निजामती कर्मचारी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा। निर्मला तामाङले कान नसुन्ने समस्याका कारण धेरैमा मानसिक रोगको समस्या देखिएको जानकारी दिइन् ।
उनले भनिन्, “धेरै बिरामीले कान नसुनेकै कारण एन्टी डिप्रेसनको औषधि खानुपरेको छ ।” यस्तो समस्या ४० वर्ष उमेर नाघेपछि हुने बताउँदै उनले यस्तो समस्याका कारण बिरामी विभिन्न रोगको सिकार बन्नुपरेको बताइन् ।
हियरिङ लस’ भएपछि अरूका कुरा सुन्न र उत्तर दिन सकिँदैन, त्यसैले उनीहरू समाजसँग अलग बस्न रुचाउने हुन्छ । बिरामीमा हिनताबोध र एकल महसुस हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।