बागलुङ । घुस लिएको अभियोगमा एक इञ्जीनियर रंगेहात पक्राउ परेका छन् । ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी १ लाख घुस लिएको अभियोगमा पक्राउ परेका हुन् । अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको हो ।
ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा इञ्जीनियर अधिकारी पक्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिनुभयो ।
अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका थिए । घुस रकम लिएर सेवाग्राहीलाई अधिकारीले असार मसान्तको बहानामा पोखरा बोलाएको आयोगले जनाएको छ । आफूले गरेका काममा तलदेखि माथिसम्म सबैको चित्त बुझाउनुपर्ने भन्दै उनले १ लाख घुस मागेका थिए । सुराकीका आधारमा जिरो किलो पुगेको अख्तियार टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको रिजालले बताउनुभयो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।