काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य बृद्धि भई अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ ।
मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार २ सय रहेको थियो । आज तोलामा ६ सयले बृद्धि भइ प्रतितोला छापावाला सुन ९२ हजार ८ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९२ हजार ३ सय ६० पुगेको छ ।
त्यस्तै बुधवार चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य ९ सय ९५ रहेकोमा आज तोलामा १० रुपैयाँले बृद्धि भइ प्रतितोला चाँदी १ हजार ५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।