काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको अन्तिम सातादेखि गर्ने तयारी गरेको छ ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा खुकुलो भएकाले कक्षा १२ को परीक्षाको तयारी थालेको जानकारी दिए । अब कक्षा १२ को परीक्षा गराउन छलफल गरिरहेका छौँ । सम्भवतः साउनको अन्तिम साता या भदौमा गरिसक्छौँ होला, उनले भने । कक्षा १२ को परीक्षामा ४ लाख ५० हजार विद्यार्थी सहभागी हुँदैछन् ।
बोर्डले आन्तरिक मुल्यांकनबाट एसईई परीक्षाको नतिजा प्रकाशित गर्न निर्देशन दिएको थियो । जसअनुसार असार मसान्तभित्रमा एसईईको नतिजा प्रकाशित भइसक्ने उनले जानकारी दिए । यसैगरी कक्षा ११ को अन्तिम मुल्याङ्कन असारभित्रै गरिसक्नुपर्ने छ ।
यसका लागि बोर्डले विद्यालयलाई अनुरोधसमेत गरिसकेको छ । बोर्डले कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गरी साउनबाट कक्षा १२ को पढाइ सुरु गर्न गत वर्ष नै कार्यविधि बनाइदिएको थियो । अहिले पनि सोही अनुसार मुल्याङ्कन गर्न बोर्डले विद्यालयलाई भनेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।