बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

योगसम्बन्धी जान्नैपर्ने यि ८ तथ्य

योगसम्बन्धी जान्नैपर्ने यि ८ तथ्य

  • 1.4K
    SHARES

  • योगसम्बन्धी जान्नैपर्ने यि ८ तथ्य

    काठमाडाै, आज विश्वभरि आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०१४ मा प्रत्येक वर्ष जून २१ तारिखको दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो ।

    २१ जून वर्षभरिकै लामो दिन भएकाले यसै दिन यो दिवस मनाउने निर्णय भएको हो ।

    १। आदि योगी भन्नाले भगवान् शिव हुन् भन्ने बुझिन्छ । उनले झण्डै १५ हजार वर्ष पूर्व योगको अभ्यास गरेर दुनियाँलाई उपहार दिएका थिए भन्ने धार्मिक विश्वास छ ।

    २। भगवान् शिवले सर्वप्रथम योगको शिक्षा सप्तऋषिलाई दिएका थिए । सप्तऋषिमा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, यमदग्नि र वशिष्ठ पर्छन् । पछि उनीहरूबाट नै लोकमा योगको परम्परा सुरु भएको मानिन्छ ।

    ३। योगेश्वर भन्नाले भगवान् कृष्णलाई बुझाउँछ । योगेश्वर भएकैले धराधाम छाडेर आफ्नो धाममा जाँदा पनि उनी जवान अवस्थामै थिए । जबकि त्यतिबेला उनको उमेर १२५ वर्षको थियो ।

    ४। योग सूत्रको प्रणेता महामुनि पतञ्जलि हुन् । उनले योग सूत्रमा अष्टाङ्ग योगको उल्लेख गरेका छन्, जसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, ध्यान, धारणा र समाधि पर्छन् ।

    ५। महामुनि पतञ्जलिको योगसूत्रलाई योगदर्शन पनि भनिन्छ, जसमा चार अध्याय र १९५ वटा सूत्र छन् ।

    ६। योगको अर्थ जोड्नु हो । जुन माध्यमले वा तरिकाले जीवनलाई जगतसित अर्थात् प्रकृतिसित जोड्छ वा जोडिन्छ त्यही नै योग हो ।

    ७। योगको अनेक परिभाषा भेटिन्छन् । भगवान् कृष्णले गीतामा कर्मकुशलतालाई योग भनेका छन् । महामुनि पतञ्जलिले चित्तवृत्ति निरोधलाई योग भनेका छन् । 

    ८। सर्वप्रथम शल्यक्रियाको उल्लेख सुश्रुत संहितामा भएको पाइन्छ, जो आजभन्दा करिब तीन हजार वर्ष पुरानो मानिन्छ । 

    सोमवार, आषाढ ७ २०७८०२:२८:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार