केही मानिसलाई निद्रामा कुरा गर्ने बानी हुन्छ । राति सुतेका बेलामा यसरी बर्बराउनुलाई सोम्नीलोकी भनिन्छ । यो कुनै रोग होइन तर यसरी निद्रामा बर्बराउँदा तपाईंसँगै सुत्ने मानिसलाई डिस्टर्ब चाहिँ हुन्छ ।
बर्बराउने मानिसले निद्रामै अचम्मको व्यवहार देखाउँछ र उसले बर्बराएको प्रस्ट नबुझ्न पनि सकिन्छ । यस्ता मानिसहरू लामो समय चाहिँ बर्बराउँदैनन् । आधी मिनेट जति बर्बराएर उनीहरू चुप लाग्छन् ।
विद्यालय जाने बच्चाहरूमाथि गरिएको एक अध्ययन अनुसार तीनदेखि दश वर्षका बच्चाहरूलाई निद्रामा बर्बराउने बानी हुन्छ । तर दश प्रतिशतभन्दा कम बच्चा दिनदिनै राति बर्बराउँछन् । ठूलो हुँदै गएपछि यो समस्या समाधान हुँदै जान्छ । यसका लागि केहीपनि गरिरहनु पर्दैन ।
निद्रामा बर्बराउनुका धेरै कारण हुन सक्छन् । तपाईं धेरै तनाव लिनुहुन्छ, डिप्रेसनको शिकार हुनुहुन्छ, रक्सी पिउनुहुन्छ र पर्याप्त सुत्नुहुन्न भने निद्रामा बर्बराउने समस्या आउँछ ।
तपाईंको परिवारमा कसैलाई निद्रामा कुरा गर्ने बानी छ भने तपाईंलाई पनि हुनसक्छ । यसका साथै तपाईंका
मातापितामा यो समस्या थियो भने आनवंशिक रूपमा यो सर्न सक्छ ।
तपाईंलाई निद्रासम्बन्धी रोग छ भने पनि बर्बराउनुहुन्छ । चिकित्सकलाई देखाइहाल्नुस् । नडरानुस्, यो कुनै रोग हैन । तर दिनदिनै निद्रामा बर्बराउन थालनुभयो भने चाहिँ मनोविज्ञानवेत्तासँग सम्पर्क गर्नुस् ।
मानसिक तनाव लिने र अत्यधिक सोच्ने बानी हटाउनुभयो भने पनि यो समस्या समाधान हुन्छ । मनलाई शान्त राख्नका लागि नियमित योग र ध्यान गर्नुस् ।
आफूसँग सुतिरहेको मानिसलाई आफूले बर्बराउने बित्तिकै उठाइदिन भन्नुभए पनि हुन्छ । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।