बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रदेश नम्बर १ ले आगामी आर्थिक वर्षको लागि ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाख बजेट

प्रदेश नम्बर १ ले आगामी आर्थिक वर्षको लागि ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाख बजेट

  • 1.9K
    SHARES

  • प्रदेश नम्बर १ ले आगामी आर्थिक वर्षको लागि ल्यायो ३२ अर्ब ४६ करोड  ९२ लाख बजेट

    प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

    प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले मंगलबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गरेका हुन् । उक्त बजेट चालु आर्थिक वर्षको भन्दा आठ अर्ब ४३ करोड सात लाख रुपैयाँले न्यून हो ।

    चालु आव २०७७र७८ को बजेट ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँको थियो । आगामी आवका लागि विनियोजित बजेटमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख (४३।६ प्रतिशत) र पुँजीगततर्फ १५ अर्ब पाँच करोड ३५ लाख (४६।३) प्रतिशत छुट्याइएको उनले बताए । 

    स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ तीन अर्ब २२ करोड ४२ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । बजेटको स्रोतमा आन्तरिक राजस्वबाट चार अर्ब नौ करोड ७७ लाख, राजस्व बाँडफाँटबाट नौ अर्ब ८१ करोड ६६ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान आठ अर्ब ५६ करोड ७८ लाख, ससर्त अनुदानबाट पाँच अर्ब ९६ करोड ७७ लाख, समपुरक अनुदानबाट एक अर्ब १६ करोड ४८ लाख र विशेष अनुदानबाट ५९ करोड ३३ लाख रुपैयाँ व्यवस्था गरिने उनले बताए ।

    यसबाट अपुग रकम नगद मौज्दातबाट दुई अर्ब र वैदेशिक अनुदानबाट २६ करोड १३ लाख रुपैयाँ जुटाउने लक्ष्य बजेटमा राखिएको छ ।

    मंगलवार, आषाढ १ २०७८०६:०४:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार