काठमाडाै, आजदेखि देशभरमा नयाँ शैक्षिक सत्र सुरु हुँदैछ ।
विद्यालय तहको नयाँ शैक्षिक सत्र विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेर गरिने भएको हो ।
आज देशभरका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो सहज भएको छ ।
कोभिड–१९ सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठन पाठन हुन नसके असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गर्नुपर्ने छ । अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेखीकरण कार्य विद्यालयले गर्नेछन् ।
असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जिम्मेवारी विद्यालयले पूरा गर्नुपर्नेछ । सरकारले कोरोना सङ्क्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण कार्य जारी रहने जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।