काठमाडौं, प्रदेश २ को लोकसेवा आयोगले उपसचिवसहित २८ जना कर्मचारीको माग गरेको छ ।
आयोगले विज्ञापन मार्फत असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो ।
प्रशासन, स्वास्थ्य र अन्य प्राविधिक विषयमा समेत खोलिएको आवेदनमा अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्य बाहेकको सेवा तर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको लागि विज्ञापन गरिएको प्रदेश २ लोकसेवा आयोगले जनाएको छ ।
तोकिएको न्युन
तम योग्यता पुगेको इच्छूक व्यक्तिले https://ppsconline.p2.gov.np/#/login मार्फत फारम भर्न सकिन्छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।