बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

च्याउले ज्यान जान सक्छ, यस्ता च्याउ खाँदै नखाऔँ–विज्ञ

च्याउले ज्यान जान सक्छ, यस्ता च्याउ खाँदै नखाऔँ–विज्ञ

  • 3.5K
    SHARES

  • च्याउले ज्यान जान सक्छ, यस्ता च्याउ खाँदै नखाऔँ–विज्ञ

    काठमाण्डाै - अहिलेको समयमा जङ्गलमा च्याउ उम्रिने समय रहेको  छ ।

    बर्खा लाग्दै गर्दा जङ्गल र खेतबारी तथा कान्ला, पाखामा प्रशस्तै च्याउ भेटिन्छ । गाउँघरमा यतिबेला हरियो तरकारीको अभाव हुने भएकाले यस्ता च्याउ खोजेर बिहान बेलुकाको छाक टार्ने पनि गरिन्छ । तर, विज्ञ भने  यस्ता च्याउ खाँदै नखान सुझाव दिन्छन् । 

    जङ्गलमा धेरै खालका च्याउ पाइन्छन्, केही खान योग्य पनि हुन्छन् । तर कुन विषालु हुन्छ र कुन हुँदैन भनेर छुट्याउन गाह्राे हुन्छ । त्यसैले सकेसम्म यस्ता च्याउ खाँदै नखाउ’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डाक्टर बाबुराम मरासिनीले भनेका छन् । 

    बाबुबाजेका पालादेखि नै पहिचान गरी खाँदै आएका जङ्गली च्याउ खोजेर खाने गर्छन् । तर, कतिपयले भने खान योग्य च्याउ पहिचान गर्न सक्दैनन् । यसले गर्दा जुन च्याउ भेटियो त्यही च्याउ खाने गरिन्छ ।  यसरी जथाभाबी च्याउ खाँदा ज्यानै जाने जोखिम हुन्छ ।

    डाक्टर बाबुराम मरासिनी कुन च्याउ खाने र कुन नखाने भनेर छुट्याउन सक्ने सामान्य ज्ञान भएमा पनि विषालु च्याउ खानबाट बच्न सकिन्छ भनेका छन् । जोखिम भने हुने भएकाले सकेसम्म पुरानो रूखको ठुटो, पत्कर, खेतबारी, खुला चौरमा उम्रिने च्याउ खाँदै नखान उनको सुझाव छ ।

    उत्पादन गरेका च्याउ मात्रै खाने गरे जोखिम नहुने उनले बताए । यो सम्भव नभए तरकारीका लागि बारी तथा जङ्गलमा पाइने निउरो, जलुको पनि खान सकिन्छ । डाक्टर मरासिनीका अनुसार हेर्दा आकर्षक देखिने र  रङ्गीन च्याउ विषालु हुन्छन् । यस्ता च्याउ रहरलाग्दो देखिन्छ ।

    विषालु च्याउमा हत्तपत्त किरा लाग्दैन भने निचोर्दा सेतो दूध निस्कन्छ । च्याउ खानयोग्य छ कि छैन भनेर छुट्याउन झुक्किने सम्भावना धेरै भएकाले जङ्गलमा पाइने च्याउ खाँदै नखान उनको आग्रह छ ।

    विषालु च्याउ खाँदा नेपालमा हरेक वर्ष झण्डै दुई सय जनाको ज्यान जाने गरेकाे तथ्याङ्क छ ।  च्याउमा प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम आदि तत्व पाइन्छ ।

    सोमवार, जेठ २४ २०७८१०:०१:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार