बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बेहुलीको विवाह मण्डपमा मृत्यु भएपछि बेहुलाले गरे यस्तो सम्म......

बेहुलीको विवाह मण्डपमा मृत्यु भएपछि बेहुलाले गरे यस्तो सम्म......

  • 3.1K
    SHARES

  • बेहुलीको विवाह मण्डपमा मृत्यु भएपछि बेहुलाले गरे यस्तो सम्म......

     विवाह भइरहेका बेला बीचमा नै बेहुलीको मृत्यु भएपछि बेहुलाले बेहुलीकी बहिनीसँग विवाह गरेका छन् ।

    यो घटना गत हप्ता भारतको उत्तर प्रदेशमा घटित भएको हो । बेहुली अचानक विवाह मण्डपमा ढलेपछि बोलाइएका डाक्टरले सुरभीको मृत्यु भइसकेको घोषणा गरिदिए ।

    बेहुलीको मृत्यु भएपछि विवाह रोक्नुको साटो दुबै परिवारले विवाहलाई निरन्तरता दिने सोचे । यसका लागि बेहुला मनोज कुमारलाई सुरभीकी बहिनी निशासँग विवाह गरिएको छ । यस्तो अवस्थामा के गर्ने के नगर्ने भनेर निर्णय नै गर्न सकिएन । दुबै परिवार सँगै बसेर बेहुलालाई मेरी बहिनी विवाह गरिदिने कुरा भयो,’ सुरभीका दाइ सौरभले भनेका छन् ।

    कुमार र निशाको विवाह भइरहँदा सुरभीको शवलाई कोठाभित्र राखिएको थियो । सुरभीका काका अजब सिंहले यस्तो निर्णय लिन निकै गाह्रो भएको बताउँदै परिवारले यस्तो मिश्रित भावना कहिल्यै अनुभव गरेको थिएन ।

    मृत्युले पीडा निम्त्याएको छ र विवाहले खुसी । यसलाई कसरी मिलाउने थाहा छैन, उनले भने । यो घटनाले भारतमा निकै विवाद निम्त्याएको छ । धेरैले यसबारे प्रतिक्रिया दिएका छन् । कस्तो भद्रगोल । विवाहको दिन।।। कसैको मृत्यु भएको छ । मृतक बेहुलीमाथि सम्मान दिनु पर्दथ्यो कि पर्दैनथ्यो? मलाई त डर लाग्यो, एक ट्वीटर प्रयोगकर्ताले लेखे । अर्काले लेखे, उनीहरुले प्रेमका कारण विवाह गरेका होइनन्? यो निकै पुरानो अवधारणा होइन र? कसैले ती बहिनीलाई सोध्नुपर्छ भनेर विचार गरे?

    यसै घटना चीनको माइक्रोब्लगिङ साइट वेबोमा पनि चर्चित भयो । जहाँ प्रयोगकर्ताले बहिनीको अधिकारबारे याद गरे नगरेको र उनलाई विवाह गर्न मन लागे नलागेको कुरा उठाएका छन् ।

    अर्का एक प्रयोगकर्ताले कुमारले बहिनीसँग विवाह गर्नका लागि सुरभीको अन्तिम संस्कारसम्म कुर्नुपर्ने धारणा व्यक्त गरे ।कतिमा यसमा दाइजो कुरामा पनि हुन सक्ने बताउँदै बेहुला पक्षले दाइजो फिर्ता दिन नमानेपछि यस्तो निर्णय गरिएको हो कि भनेर पनि आँकलन गरेका छन् । एजेन्सी

    बिहिवार, जेठ २० २०७८०५:२०:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार