काठमाण्डाै, कोरिना सङ्क्रमित बिरामीकाे उपचारमा जुटिरहेका स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्न एक व्यावसायिक प्रतिष्ठान अगाडि आएको छ ।
काठमाण्डाैमा रहेको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजले एक करोड रुपैयाँ स्वास्थ्यकर्मीहरूलाई सम्मान स्वरूप पुरस्कार दिने भएको छ । इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोरोना सङ्क्रमितको उपचार सेवामा खटिएका देशभरिका एक सय जना स्वास्थ्यकर्मीलाई एक लाख रुपैयाँका दरले सम्मान पुरस्कार दिन नगद सहयोग गर्ने बताएका छन् ।
सङ्क्रमणको जोखिममा खटिएका स्वास्थ्यकर्मीको कामको सम्मान गर्न र मनोबल उच्च बनाउन आफूहरूले सहयोग गर्न अगाडि आएको अध्यक्ष घिमिरेकी सुपुत्री अदिति घिमिरेले जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।