काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) गएकाे वर्षकै विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ ।
आज बसेकाे मन्त्रालयको बैठकले गएकाे वर्षजस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव पठाउने निर्णय गरेको छ । गएकाे वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र तेस्राे त्रैमासिक अवधिको ६० प्रतिशत अङ्कका आधारमा मूल्याङ्कन गरेको थियो ।
मूल्याङ्कन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोके अनुसार विद्यार्थीको प्राप्ताङ्क शिक्षा विकास तथा समन्वय इकाइमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइहरूले विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाइ बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।
यसै वर्ष पनि कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएकाले मन्त्रालयले गएकाे वर्षकै विधि अपनाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
अब मन्त्रिपरिषद् बैठकले पारित गरे पनि मूल्याङ्कन प्रक्रिया शूरु हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।