काठमाण्डाै - मौसममा सुधार आएसँगै आज सगरमाथा आरोहण भएको छ ।
यास चक्रवातको प्रभावले मौसम प्रतिकूल बन्दा अघिल्लो सोमवार देखि आरोहण रोकिएको थियो । आज बिहान आरोहीहरु शिखरमा पुगेका कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पाले जानकारी दिए । आरोही निर्मल पुर्जा सहित आफूहरुको १५ सदस्यीय टोली बिहान शिखरमा पुगेको शेर्पाले जानकारी दिए । अरु समूहका आरोहीहरु पनि शिखरमा पुगेका उनले बताए ।
आफूहरु सगरमाथाको सफल आरोहणपछि ल्होत्से हिमाल आरोहणको तयारीमा लागेको उनले बताए । ल्होत्से हिमाल आरोहण पनि सगरमाथाको चौथो शिविरबाट नै गरिन्छ । यस वर्ष गएको वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको छ ।
वैशाख २८ र २९ गते गरी झण्डै एक सय ७० जना आरोही सगरमाथा शिखरमा पुगेका थिए । त्यसपछि मौसम खराब भएर रोकिएको जेठ नौ गतेका एकैदिन डेढ सय बढी आरोही शिखरमा पुगेका थिए । १० गते पनि केही आरोहण भएकोमा त्यसपछि पूरै रोकिएको थियो ।
आज बिहान फेरि आरोहण भएको हो । यस वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जनाले अनुमति लिएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।