बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको अक्षरमा लेखिएको धार्मिक ग्रन्थ पाँच करोडमा बेच्न खोज्ने ६ पक्राउ

सुनको अक्षरमा लेखिएको धार्मिक ग्रन्थ पाँच करोडमा बेच्न खोज्ने ६ पक्राउ

मेगा खबर संवाददाता

२६, आषाढ २०७७
  • 1.9K
    SHARES

  • सुनको अक्षरमा लेखिएको धार्मिक ग्रन्थ पाँच करोडमा बेच्न खोज्ने ६ पक्राउ

    सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू पाँच करोडमा बिक्री गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    बुधबार प्रहरीले साढे तीन बजे चन्द्रागिरि नगरपालिका-१५ ढुंङ्गेअड्डाबाट ६ जनालाई पक्राउ गरेको हो। उनीहरूले लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोडमा बिक्री गर्न लागेका थिए।

    उक्त सूचना प्रहरीले पाएपछि महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले मोलमोलाई गरिरहेको अवस्थामा पक्राउ गरेको हो।

    उनीहरूबाट १६ पाना बौद्ध धर्मको ग्रन्थ बरामद गरेको हो। पक्राउ पर्नेमा खोटाङ दिक्तेल नगरपालिका-४ का ३२ वर्षीय गेहेन्द्र सिंह आत्रेय, काभ्रे पाँचखाल नगरपालिका-३का ४२ वर्षीय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-१का ३१ वर्षीय सुबास कुमार बस्नेत, ओखलढुंगा सुनकोशी गाउँपालिका-२ का ३३ वर्षीय हरीबहादुर लामिछाने, तारकेश्वर नगरपालिका-११का ६४ वर्षीय राजेन्द्र बहादुर जोशी र नुवाकोट ककनी गाउँपालिका-८ का ३४वर्षीय रोशन तामाङ छन्।

    प्रहरीले उनिहरूमाथि थप कारबाहीको प्रकृया अघि बढाएको छ।

    शुक्रवार, आषाढ २६ २०७७०२:२०:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार