बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एसइई सञ्चालनको विकल्पबारे कार्यदलले सुझाव तयार गर्दै

एसइई सञ्चालनको विकल्पबारे कार्यदलले सुझाव तयार गर्दै

  • 1.7K
    SHARES

  • एसइई सञ्चालनको विकल्पबारे कार्यदलले सुझाव तयार गर्दै

    कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) बारे कार्यदलले काम गरिरहेकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले नयाँ शैक्षिक सत्र र परीक्षाबारे निर्णयमा पुग्न समस्या भएको जनाउँदै एसइईबारे एकदुई हप्ताभित्र निर्णय गरिने बताए । गल्ली गल्ली डटइन्फो’ले आज भर्चुअल रुपमा आयोजना गरेको छलफल कार्यक्रममा प्रवक्ता शर्माले शिक्षक र अभिभावक तम्तयार र उनीहरुबीचको जीवन्त सम्पर्क नभएकाले सिकाइ तथा मूल्याङ्कन सफल नहुने भएकाले विभिन्न माध्यमको प्रयोग गरी स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।

    उनले वार्षिक परीक्षा सम्पन्न गरेका विद्यालयले नयाँ शैक्षिकसत्र सञ्चालन गर्न सक्ने स्पष्ट पारे । कक्षा ८, १० र १२ बाहेकका अन्य परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्न सक्नेछ । बालबालिका विज्ञ डा मीनाक्षी दाहालले विषम स्थितिमा बालबालिकालाई समग्र मनोवैज्ञानिक पक्षमा नकारात्मक असर पार्न नहुने बताए ।

    अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षक र विद्यार्थीलाई सहज रुपमा सूचना प्रविधिका साधनमा जोड्नका लागि तीनै तहका सरकारले प्रभावकारी काम नगरेको गुनासो गरे ।

    बुधवार, जेठ १२ २०७८०४:५२:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार