बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

भौतिक रुपमा एसईई परीक्षा हुने सम्भावना न्युन छः शिक्षामन्त्री

भौतिक रुपमा एसईई परीक्षा हुने सम्भावना न्युन छः शिक्षामन्त्री

  • 1.4K
    SHARES

  • भौतिक रुपमा एसईई परीक्षा हुने सम्भावना न्युन छः शिक्षामन्त्री

    काठमाडाै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् ।

    उनले परीक्षाका लागि विभिन्न विकल्पको बारेमा छलफल भैरहेको जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारेमा निर्णय हुने उनको भनाइ छ ।

    एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री श्रेष्ठले सो जानकारी दिएका छन् ।  संगठनका अध्यक्ष ऐन महर सहितको टोलीले मन्त्री श्रेष्ठलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।  

    यसै क्रममा  मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र जानकारी दिने उल्लेख गर्दै भने, ‘सबै परीक्षाको विषयमा चाँडै निर्णय गर्नेछौँ ।

    सोमवार, जेठ १० २०७८०४:१३:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार