काठमाडाै,संकटले संसारभरीका आमा–बुवाको जीवन फेरिदिएको छ, स्कूल र कामकाजका स्थल बन्द हुँदाको असर सबैभन्दा बढी असर आमा–बुवामाथि परिरहेको छ ।
विशेषगरी यसबाट आमा बढी प्रभावित भइरहेका छन् । अमेरिकाको जनवरी सन् २०२१ सम्म यो आँकडा चिन्ताजनक छ । सन् २०२० मा अमेरिकामा १३ वर्षभन्दा कम उमेरका बच्चाका १५ लाख आमा (८ प्रतिशत) ले आफ्नो जागिर छोड्नुपर्यो जबकी सामान्य कामकाजी महिलाको मामिलामा यो आँकडा ५।३ प्रतिशत रहेको छ ।
१३ वर्षभन्दा कम उमेरका बच्चा भएका ५।६ प्रतिशत पिताले काम छोड्नु पर्यो । अमेरिकन साइकोलोजिकल असोसिएसन (एपीए) का अनुसार अमेरिकामा कोरोना संकटका बेला आमा–बुवा अन्य मानिसहरुको तुलनामा बढी समस्यामा रहेका छन् । यूनिभर्सिटी कलेज लण्डनसँग जोडिएका एलिस पोलले बेलायतमा थुप्रै आमा–बुवा उच्च स्तरको चिन्ता, तनाव र डिप्रेसनसँग जुधिरहेका छन् ।
परिवारको आर्थिक स्थितिमा गिरावट हुँदा परिवारमा थप चिन्ता परिरहेको छ । उता जर्मनीको क्याथरिना बोशे व्यावसायिक रुपमा वकिल हुन् र तीन सन्तानकी आमा हुन् । उनी भन्छिन्, ‘केही दिनभित्रै सबैकुरा हातबाट निस्कियो । छोरीहरुको स्कूल १४ महिनासम्म बन्द भयो ।
केही समयका लागि ती खुले पनि । यसले हाम्रो दिनचर्या पूर्ण रुपमा फेरिदियो । छोरीहरुलाई अनलाइन कक्षामा मद्दत गर्नुपर्छ । आफ्नो कामका लागि शान्तिपूर्ण समयको आवश्यकता छ । यस्तोमा म अबेर राती वा बिहान ४ बजेदेखि ८ बजेबीच काम गर्दथेँ उनले भनेकि छिन्
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।