बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी परिवर्तन गरिने

एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी परिवर्तन गरिने

  • 2.6K
    SHARES

  • एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी परिवर्तन गरिने

    काठमाडाै, सरकारले  कक्षा १०  को माध्यमिक  शिक्षा परीक्षा (एसईई) तथा  कक्षा १२  को राष्ट्रिय परीक्षा  कसरी सञ्चालन  गर्ने  भन्ने  सम्बन्धमा  अध्ययन सुरु गरेको छ ।

    आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीमा   बारेमा अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको जानकारी दिए । 

    बोर्डले जेठ  १३  गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा  १२  को परीक्षा लिने निधो गरेको थियो । कोरोना बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीमा विषयमा अध्ययन गर्ने निर्णय गरेको थियो । त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा अध्ययन समिति गठन बनाइएको  छ ।

    बोर्डका अध्यक्ष डा। पौडेलले आफूहरूले कार्यदलकै  अध्ययन  प्रतिवेदन  पर्खेको र त्यसकै  आधारमा  उपयुक्त  विकल्पमा निर्णय गरिने जानकारी दिए ।  कार्यदल वैशाख २७ गते गठन गरिएको थियो । कार्यदललाई १५ दिनको समयसीमा दिइएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

    बिहिवार, जेठ ६ २०७८०७:०४:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार