सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (मपवि), सुर्खेतले २५ जना प्राध्यापक, सह–प्राध्यापक तथा उप–प्राध्यापक पदका लागि आवेदन खुल्ला गरेको छ ।
विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय, संस्थान, केन्द्र तथा एकेडेमीहरुका लागि पीएचडी र पोस्ट–पीएचडी गरेका प्राध्यापक, सह–प्राध्यापक तथा उप–प्राध्यापक माग गरिएको विश्वविद्यालयल जनाएको छ ।
विश्वविद्यालयलद्वारा जारी गरिएको सूचनामा विज्ञापन प्रकाशित भएको मितिबाट १० दिनभित्र निवेदन दिन सूचित गरिएको छ ।
साथै विश्वविद्यालय नेतृत्वले उनीहरुलाई समेटेर ‘एमय प्रागिक आश्रम’ निर्माण गरी विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र, अनुसन्धान तथा औद्योगिकरणमुखी बनाउने अभियान थालनी गरेको जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।