काठमाडौं, काठमाडौं महानगरभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म वार्षिक परीक्षा लिइसक्नुपर्ने भएको छ ।
महानगरपालिकाले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा जेठ २० भित्रै लिएर जेठ मसान्तमै नतिजा सार्वजनिक गर्न निर्देशन दिएको हो । परीक्षा अनलाइन, अफलाइन, टेलिफोन वा इमेलबाट प्रश्न पठाएर लिने सकिने बताइएको छ ।
विद्यालय अनुकूल हुने गरी परीक्षा जेठ २० भित्र सकेर जेठभित्रै नतिजा सार्वजनकि गर्न भनिएको छ । महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार सूचना जारी गर्दै असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न भनेका छन् ।
यसैगरी कक्षा ८ को नगरस्तरीय परीक्षाका विषयमा भने यथाशीघ्र सूचना गरिने बताइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।