बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

२ महिनापछि धकेलिएको नयाँ शैक्षिक सत्र तोकिएको मिति पुनः सर्न सक्ने

२ महिनापछि धकेलिएको नयाँ शैक्षिक सत्र तोकिएको मिति पुनः सर्न सक्ने

  • 1.7K
    SHARES

  • २ महिनापछि धकेलिएको नयाँ शैक्षिक सत्र तोकिएको मिति पुनः सर्न सक्ने

    काठमाण्डौ, दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिक सत्र त्यहीँ मितिमा पनि श हुनेमा अलमल बढेको छ ।

    गएको वर्ष कोरोना महामारीका कारण चालु शैक्षिक सत्र २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिक सत्र २०७८ सञ्चालन गर्ने निर्णय गरिएको थियो । तर अब यो मितिमा पनि नयाँ शैक्षिक सत्र सुरु गर्ने र नगर्नेबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल गरिरहेको छ ।

    नेपालमा अहिलेसम्म कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार हजार आठ सय ५६ पुगेको छ भने देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार सात सय ४० छ । कोरोनाको दोस्रो लहरले बालबालिकालाई झन् बढी जोखिम हुने भएकाले निषेधाज्ञा लगाउनुअघि नै शिक्षालयहरूमा भौतिक उपस्थितिको पढाइ बन्द गराइएको छ ।

    शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ परिस्थितिबारे सरकारले निर्णय गरिनसकेको बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले अहिलेको अवस्थामा असार १ गतेदेखि नयाँ भर्ना गर्न सम्भव नभएको प्रतिक्रिया दिनुभयो ।

    उहाँले अनलाइनलगायत वैकल्पिक माध्यमको सिकाइका लागि शिक्षक तयार रहे पनि सबै ठाउँका विद्यार्थीसँग पहुँच नभएकाले महामारीको प्रभाव कम हुँदै गएमा आउँदो भदौदेखि शैक्षिक सत्र सुरु गर्न सकिने बताउनुभयो ।

    कोरोना सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० र १२ को परीक्षा स्थगित भएका छन् । लकडाउनका कारण गएको वर्ष पनि भदौ महिनासम्म नयाँ भर्ना हुन सकेको थिएन । 

    आइतवार, जेठ २ २०७८०२:३६:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार