काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक तथा विद्यालयका कर्मचारीलाई कोरोना विरुद्धको अविलम्ब खोप व्यवस्था गर्न माग गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
आज आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै महासंघले जेठ ५ गते विगतमा आफूले राखेका मागबारे प्रधानमन्त्री, सभामुख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीलाई खुलापत्रमार्फत ध्यानाकर्षण गराउने जनााएको छ। उक्त खुलापत्र हरेक शिक्षक कर्मचारीले आफ्नो फेसबुक वालमा सेयर गर्ने बताइएको छ ।
महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जेठ ७ गते हरेक शिक्षक तथा कर्मचारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्ब कोभिड विरुद्धको खोप दिइयोस्, बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलव वृद्धि गरियोस् भन्ने नारा पठाउने उल्लेख समेत गरोएको छ ।
कार्यक्रम तालिकामा उल्लेख भएअनुसार जेठ ९ गते संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक पार्टीका संसदीय दलका सचेतक तथा महासंघबीच आफ्ना माग र समसामयिक विषयमा अनलाइन अन्तक्र्रिया हुनेछ भने जेठ ११ गते हरेक शिक्षकले महासंघले केन्द्रबाट बनाएको कालो स्टिकरमा राखिएका ६ वटा हाइलाइटेड माग लेखी छातीमा टाँस्ने र टाउकोमा कालोपट्टी समेत बाँधेर फोटो खिची आ–आफ्नो फेसबुक वालमा पोस्ट गर्नेछन् ।
जेठ १३ गते शिक्षक तथा कर्मचारीले महासंघद्वारा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमक्ष पेस गरिेएको विरोधपत्र, मागपत्र र सम्झौतापत्रका छायाप्रति आफू रहेको निवार्चन क्षेत्रभित्रका संघीय तथा प्रदेश सभाका सांसदहरुको इमेल तथा फेसबुकको म्यासेज बक्समा पठाउने कार्यक्रम पनि तय गरिएको छ ।
जेठ १८ गते तेस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ ।
हेर्नुहोस् कार्यक्रम तालिका
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।