बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

घरभाडा छुटको पहलः उपत्यकाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाइँदै

घरभाडा छुटको पहलः उपत्यकाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाइँदै

मेगा खबर संवाददाता

२२, आषाढ २०७७
  • 3.6K
    SHARES

  • घरभाडा छुटको पहलः उपत्यकाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाइँदै

    काठमाडौं । लकडाउन अवधिको घरभाडा छुटको पहल थालिएको छ । राष्ट्रिय ब्यापार महासंघले उपत्यकाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाएर यो अवधिको घरभाडा छुट दिने व्यवस्था गर्न पहल थालेको हो । 

    महासंघले सोमबार भक्तपुर नगरपालिकालाई त्यस्तो ज्ञापनपत्र बुझाएको छ । महासंघले घरभाडा छुटको सम्बन्धमा पहल गर्न बनाएको उपसमितिका संयोजक मनोजबाबु श्रेष्ठले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई भक्तपुर नगरपालिका क्षेत्रमा रहेका व्यवसायलाई लकडाउन अवधिको घरभाडा मिनाह गर्ने व्यवस्था गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन् । 

    ज्ञापनपत्र बुझ्दै मेयर प्रजापतिले आफ्नो क्षेत्रभित्र व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुको हितमा नगरपालिकाले काम गर्ने भन्दै महासंघको ज्ञापनपत्रलाई निकै सकारात्मकरुपमा लिएको संयोजक श्रेष्ठले बताए । 

    उपसमितिले ललितपुर महानगरपालिका तथा काठमाडौं महानगरपालिकालाई पनि यस्तो छुट दिन माग गर्दै ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । त्यस्तै, लकडाउन अवधिलाई शुन्य अवधि मानेर ऋणको ब्याज छुट गराउन भन्दै महासंघले मंगलबार नेपाल राष्ट्र बैंंकका गभर्नर महाप्रसाद अधिकारीलाई मसेत ज्ञापनपत्र बुझाउने तयारी गरेको श्रेष्ठले जानकारी दिए ।

    सोमवार, आषाढ २२ २०७७०४:०४:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार