बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

साउनदेखि बढ्ने भयो शिक्षक कर्मचारीको तलब

साउनदेखि बढ्ने भयो शिक्षक कर्मचारीको तलब

मेगा खबर संवाददाता

३१, बैशाख २०७८
  • 33.9K
    SHARES

  • साउनदेखि बढ्ने भयो शिक्षक कर्मचारीको तलब

    अर्थ मन्त्रालयले बजेटको तयारीलाई तिव्र बनाएको छ । यो बर्ष करिब १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने गरी कार्य गरिरहेको छ ।

    यसवर्ष कामदारको तलव वृद्धिसँगै सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गरिने भएकाले चालु आर्थिक वर्षको भन्दा बजेट वृद्धि हुन लागेको हो । गत वर्षको हाराहारीमा नै सामाजिक सुरक्षा भत्ता दिए पनि सामाजिक सुरक्षमा नै थप १३ प्रतिशत लाग्ने आंकलन अर्थ मन्त्रालयको छ ।

    राष्ट्रिय योजना आयोगले तयार गरेको तीनवर्षे मध्यमकालीन बजेट अनुमान तथा प्रक्षेपणअनुसार आगामी आवमा १६ खर्ब ९७ अर्ब ७५ करोड रुपैयाँको बजेट तयार गर्नुपर्नेछ । प्रक्षेपणअनुसार चालू खर्च १० खर्ब, पुँजीगत खर्च ४ खर्ब ९२ अर्ब र वित्तीय व्यवस्था २ खर्ब रुपैयाँको हुने अनुमान छ । यद्यपि बजेट महाशाखा आयोगको प्रक्षेपण अनुरुप जान नसक्ने बताउँदै आएको छ सरकारले आगामी बजेट भने पपुलिस्ट बनाउने गरी कार्य थालेको छ ।

    मुलुकको आर्थिक अवस्था र अर्थतन्त्रको वास्तविक स्वरुपलाइ नहेरी जनतालाइ खुशी पार्ने गरी बजेट वितरण गर्ने बजेटलाई सामान्य रुपमा पपुलिस्ट बजेट भन्ने प्रचलन रहेको छ ।

    आगामी आर्थिक वर्षको मंसिरमा संघीय संसदको निर्वाचन र फागुनमा स्थानीय तहको निर्वाचन गर्ने योजनामा रहेको सरकारले आगामी निर्वाचनमा जनताको भावना जित्न भए पनि पपुलिस्ट बजेट ल्याउने आशंका अर्थ विदहरुको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको कहरमा मजदुरलाई राहत नदिए पनि आगामी बजेटमा तलव वृद्धि गरि दिने र सामाजिक सुरक्षा भत्ता वढाउने प्रतिवद्धता जनाइ सकेका छन् ।

    उनले सरकारी कर्मचारीको तलब सुविधा थप्ने संकेत दिइसकेका छन्। चालू आवको बजेट कोरोना महामारीकै बीचमा आएकाले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्न सकेको थिएन । कर्मचारीको बजेट २–२ वर्षमा वृद्धि गर्ने परिपाटी रहेकाले यसपालि तलव वृद्धि गर्नुपर्ने दबाब अर्थ मन्त्रालयलाई छ ।

    अर्थ मन्त्रालयको बजेट महाशाखाले एक अधिकारीले सामाजिक सुरक्षा भत्ता र तलब वृद्धिका लागि स्रोत व्यवस्थापनमा सरकार लागि परेको र दाताहरुसँग परामर्श भइरहेको बताए ।

    सामाजिक सुरक्षा भत्ता र सरकारी कर्मचारीको तलब सुविधा बढाउँदा सरकारलाई अर्बौं रुपैयाँ दायित्व थपिन्छ। कोरोना महामारीका कारण भत्ता र तलब बृद्धिमा सरकारलाई दबाब भएपनि थोरै भएपनि बढाउने तयारी भइरहेको अर्थ मन्त्रालय स्रोत बताउँछ ।

    त्यसो त प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै बृद्धभत्ता र तलब बढाउने घोषणा गरिसकेका छन् । जसकारण पनि उनी थोरै भएपनि बढाउनुपर्ने दबाबमा छन् ।

    गत वर्ष पनि कर्मचारीको तलब बढेको थिएन । कर्मचारीले पनि तलब बृद्धिका लागि दबाब दिइरहेका छन् । नेपालमा सरकारबाट तलब खाने करिब ६ लाख कर्मचारी तथा शिक्षक छन् ।

    शुक्रवार, बैशाख ३१ २०७८०८:०३:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार