काठमाडौ बुढानिलकण्ठ नगरपालिका -१० युवा सन्जालले सोमबारबाट हेरिटेज रिनोभेसन वाक सुरु गरेको छ । जस अन्तर्गत आज भण्डारी गार्मेन्ट चोकमा रहेको अष्टभुजा मन्दिरको सरसफाई, रङ्गरोगन र स्यानिटाइज गरेको हो । 
यस अभियान अन्तर्गत युवा सन्जाल बु न पा-१० ले वडा भित्र रहेको सम्पुर्ण सास्कृतिक धरोहर सरसफाइ र रङरोगन एवं स्यानिटाइज गर्ने अभियान सन्चालन गरेको छ । साथै विभिन्न सार्वजनिक स्थानहरुमा सामाजिक दुरी कायम गर्न जनचेतामुलक कार्यक्रमलाई निरन्तरता दिने सस्थाका अध्यक्ष आकास श्रेेेेेेेेेेेेेेेेेेेेेेेेेष्ठले जानकारी दिएका छन् ।
लामो समय लकडाउनको कारण सर्बसाधारणको दैनिकी कष्टकर बन्दै गएको देखिन्छ । यसरी लामो बन्दाबन्दीका कारण कतिपय मानिसहरुमा नैराश्यता र डिप्रेसनको समस्या समेत देखिन थालेको समाचारहरु आएका छन् । बन्दाबन्दीका कारण मानिसहरुका दिनचर्या निराश पट्यारलाग्दो बन्दै जानुुुका साथ शारीरिक एवं मानसिक दृष्टिकोणले प्रतिकुल बन्दै गरेको देखिन्छ । सामाजिक, आर्थिक कोणबाट त झनै जनजीवन कष्टकर बनेेको छ । यस्तो अबस्थामा सामाजिक कार्यको महत्त्व रहेको बु न पा -१० का अध्यक्ष नबराज भट्टराईले बताएका छन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।