रुसको कजान शहरको एक विद्यालयमा मंगलबार अन्धाधुन्ध गोली प्रहार हुँदा ११ जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार दुई व्यक्तिले गोली चलाउँदा एक शिक्षकसहित विद्यार्थी बालबालिकाहरुको मृत्यु भएको हो ।
अहिले प्रहरीले यस घटनामा संलग्न एक १९ वर्षका किशोरलाई हिरासतमा लिइसकेको छ । अर्का संदिग्धलाई भने प्रहरीले विद्यालय भवनको चौथो तलामा गोली हानी मारेका छन् । यो घटना पूर्वी मस्कोदेखि ८२० किलोमिटर टाढा भएको हो। कजान मुस्लिम गणराज्य तातारस्तानको राजधानी हो । स्कूल नम्बर १७५ बाहिर यतिबेला भारी सुरक्षाबल तैनाथ गरिएको छ।
आक्रमणको घटनासँगै विद्यार्थीहरु विद्यालयको भवन माथिबाट हाम फालेका थिए। यतिबेला घाइते भएका १२ भन्दा बढी विद्यार्थीको अस्पतालमा उपचार भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।