बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बाँदर धपाउन ९० थान बन्दुक वितरण

बाँदर धपाउन ९० थान बन्दुक वितरण

मेगा खबर संवाददाता

२१, आषाढ २०७७
  • 2.6K
    SHARES

  • बाँदर धपाउन ९० थान बन्दुक वितरण

    तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो । 

    पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको छ । वालिङ नगरपालिकाबाट रु दुई लाख ५० हजार मूल्य बराबरको बन्दुक खरिद गरेर ल्याई कृषकहरुलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिए । 

    बालीनाली खाएर कृषकले नोक्सानी बेहोर्नुपरेपछि कृषकलाई बन्दुक वितरण गर्ने निर्णय गरी उपलब्ध गराएको उनले बताए । 

    बाँदरले खेतीबाली खाइदिएपछि कृषकहरु गाउँपालिकामा आएर राहत चाहियो भन्दै आन्दोलन गर्ने गरेका थिए । उनले भने, ‘पहिलो चरणमा भेग मिलाएर आएको जति बन्दुक बाँडेका छौँ, अझै पनि मागअनुरूप पुगेको छैन, मगाएर वितरण गर्ने योजना बनाएका छौँ ।” गाउँपालिकाभित्र ८४ वटा टोल विकास संस्था आबद्ध छन् । एक टोलमा दुई वटाको दरले वितरण गर्नुपर्ने देखिएको गाउँपालिका कार्यालयले जनाएको छ । 

    गाउँपालिकाको घडेरी, सिम्ले, जामुनेभञ्ज्याङ, दोभान क्षेत्र, दीर्घु, बाख्रो, भोर्ले, साँघे फाँट आसपास क्षेत्र, हर्कपुर, विजयथुम, गाउँस्वाँरा, धैरेनी, सालघारीलगायतका क्षेत्रमा बाँदरले खेतीबाली खाएर सास्ती दिन थालेपछि कृषकहरुले पटकपटक गाउँपालिकामा आएर बन्दुक माग गरेका थिए ।

    आइतवार, आषाढ २१ २०७७१०:३१:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार